७ वर्षीया छोरीलाई घरमा झुण्ड्याएर मार्ने बाउ पक्राउ

वीरगञ्ज, ८ बैशाख । सात वर्षीया आफ्नी छोरीलाई झुण्ड्याएर मारेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ छपकैया टोलका २९ वर्षीय सञ्जय सर्राफ छन् । उनले आफ्नै ७ वर्षीया छोरी अंशुलाई घरमा झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्राफले गत चैत १२ गते घाँटीमा कपडाको पासो लगाएर घरको माथिल्लो कोठाको किलामा झुण्डाएर छोरीको हत्या गरेका थिए ।

हत्याको पोल खुल्ने भन्दै उनले छोरीले आत्महत्या गर्न लागेको भन्दै उपचारका लागि नारायणी अस्पातलमा लैजाँदा बाटामै मृत्यु भएको बताएका थिए। तर प्रहरीले ७ वर्षीया बालिकाले कसरी आत्महत्या गरिन् भनेर अनुसन्धान गर्दा हत्याको पोल खुलेको पर्सा प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले आइतबार सर्राफलाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्