कोरोना भाईरसको कारण स्थगित क्रिकेट गतिविधिबारे महत्वपूर्ण निर्णय हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहिबार प्रमुख कार्यकारी समितिको बैठक बोलाएको छ । भिडियो कलको माध्यमबाट बैठक आयोजना हुंदैछ । बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहने बताईएको छ । बैठकमा कोरोना भाईरसको कारण स्थगित क्रिकेट गतिविधिबारे महत्वपूर्ण निर्णय हुने बताईएको छ । यस्तै सरकारसँगको सहकार्य गर्दै पुन अन्तर्रा्ष्ट्रिय क्रिकेट सुचारु गर्ने विषयमा छलफल हुनेछ ।

बैठकमा विश्व टेष्ट च्याम्पियनसिप, यसै वर्ष हुने आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट, विश्व क्रिकेट लिग–२ लगायतका विषयमा समेत छलफल हुने बताईएको छ । कोरोना महामारीका कारण विश्व क्रिकेट ठप्प छ । जसको असर अन्तर्राष्ट्रिय खेल तालिकामा परेको छ । कोरोनाका कारण आईसीसीले आगामी जुलाईसम्मको अन्तर्रा्ष्ट्रिय क्रिकेट स्थगित गरिसकेको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्