सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचका क्रममा २ जनाको रिपोर्ट पोजेटिभ

कोरोना संक्रमित

कैलाली, ९ बैशाख । सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचका क्रममा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले सो कुरा जानकारी दिएको हो । आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आए पनि एक जनाको भने पिसिआरमा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अर्का व्यक्तिको भने रिपोर्ट खाली आएको उनले बताए । आरडीटी किट बाट एकै दिनमा ५९८ जनाको चेकजाँच गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । अहिले ९ वटै जिल्लामा आरडीटी चेकजाँच भइरहेको र अहिलेसम्म ६१७७ जनाको चेकजाँच गर्दा ६१७५ जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले रातोपाटी लाई जानकारी दिए । अझै १०५९८ आरडिटी किट स्टक रहेको उनले वताए ।त्यसैगरी क्वारेन्टाईनमा १४९० मध्य १३३३ जना पुरुष र १५७ जना महिला रहेको उनले बताए ।

आइसोलेसन वार्डमा ६ जनाको उपचार भइरहेको र ९८ जना भने सामान्य उपचारपछि घर फर्किसकेको उनले वताए । धनगढीमा स्थापना गरिएको पिसिआर मेसिनबाट अहिलेसम्म २७२ वटा जाँच भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५ जना पोजेटिभ मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्