भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।
भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
भारतमा हालसम्म १८ हजार ६ सय एक संक्रमित भेटिएका मध्य ३ हजार २ सय ५२ निको भएर घर फर्किसकेका छन भने ५९० जनाको कोरोना भाईरसको कारणले ज्यान गइसकेको छ । एजेन्सी