सरकराले ८० करोड बराबरको राहत बाँडिसक्यो : प्रधानमन्त्री ओली

KP sharma oli

काठमाडौं, ९ बैशाख । नेपालमा कोरोना संक्रमणको कारणले भन्दा पनि भोकमरीको जोखिमले ज्यान जने हो कि भन्दा जुन चिन्ता छ, त्यो चिन्ता गर्ने बिषय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । उनका अनुसार ८० करोड रुपैयाँ बराबरको राहत वितरण भइसकेको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेकाे बताएका हुन् ।

सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै उनले सरकारले सबै नागरिकसमक्ष राहत वितरण पुगाएको भनेका छन । ‘हामीले सबैसमक्ष राहत पुर्याएका छौं, हामीले राहतमा तलमाथि गरेका छैनौं, यसका लागि सरकार पूर्ण रुपले लागि रहेको छ,’उनले भने । उनले भनेका छन –

कोरोना भाइरसको समयमा नागरिकलाई समस्या हुन नदिनका लागि विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्ने, इन्डक्सन चुलोलाई बढी जोड दिने र वस्तुको खरिद मूल्य बढ्न नदिने उनको भनाइ छ । उनले यो समयमा ६/७ लाख मानिस उपत्यका बाहिर बाहिर गएकोले र ग्याँसको खपत घटेकोले ग्यासको समस्या पनि नहुने बताए । ‘दैनिक उपभोग्य वस्तुमा कमि हुन दिन छैनौं, यो समय बाली भित्र्याउने समय भएकोल विकट क्षेत्रमा पनि खाद्यान्न अभाव हुने अवस्था छैन, कुनै पनि वस्तुको अभाव हुँदैन,’ उनले भने ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्