नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मियाले सामाजिक सन्जाल फेसबुक मार्फत आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमण देखिएपछि विगत केहि दिनदेखी कतारको एक अस्पतालमा उपचार गराइरहेको उनले बताएका छन्। उनको स्वास्थ्यमा सुधार हुँदै गएको र संक्रमण भएपछि प्रवासी जीवन पीडादायी हुने पनि बताएका छन् ।
उनले लेखेका छन् – ‘सामान्यतया ज्वरो, खोकी तथा स्वास प्रश्वासमा देखिएको समस्यालाई निधान गर्ने हेतू उपचार चलिरहेको र सबैप्रक्रारका समस्याहरु क्रमिक घट्दै गइरहेको छ, अहिले ज्वरो आउने क्रम रोकिएको तथा खोकी घट्दो अवस्थामा रहेको छ ।’
स्वास लिने प्रकृयामा केहि प्रतिकुलता देखिएको भएपनि केहि दिनभित्रमा त्यसमा समेत लाभ हाँसील हुने कुरामा बिस्वस्त छु।’ उपचारपछि निको भएर चाडै सामाजिक कार्यमा फर्किने उनले बताएका छन् ।
कतारमा कोरोना भाइरसबाट ६ हजार १५ जना संक्रमित भएका छन् । तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ५ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले सम्म कति जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् भन्ने तथ्याङ्क बाहिर नआएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।