बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, अर्का एकजना घाइते

दुर्घटनामा

बर्दिवास, १३ बैशाख । शनिवार बिहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको हो ।

मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।

३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्माको उपचार बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook