विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित

corona virus

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब नौ लाख २० हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा ५६ हजार ६४९ जनाको मृत्यु भएको छ । इटाली र स्पेनमा क्रमशः २६ हजार नौ सय ७७ र २३ हजार ५ सय २१ जनाको मृत्यु भइसकेको छ । फ्रान्स, जर्मनी, बेलायत र टर्कीमा एक लाख भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

यता नेशनल एसोसिएसन फर बिजनेस इकोनोमिक्स (एनइबीई) द्वारा सार्वजनिक सर्वेक्षण अनुसार कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा वित्तीय संकट आउन सक्ने चेतावनी दिएको छ ।

यसैबीच कोराना भाइरस संक्रमणको रोकथाममा लापरवाही गरेको आरोप लागेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले संगठनको बचाउ गरेका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले गत जनवरीमा डब्लुएचओले घोषणा गरेको स्वास्थ्य संकटकालको घोषणा गर्दा विश्वले त्यसको बेवास्ता गरेको बताए ।

उनले त्यसबेला चीनबाहेक ८२ जना मात्र कोरोनाका संक्रमित फेला परेको बेला डब्लुएचओको सल्लाहमा अघि नबढ्दा परिणाम भयावह भएको प्रतिक्रिया दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना संक्रमणको सूचना लुकाएर चरम लापरवाही गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पको आरोपसँगै अमेरिकाले डब्लुएचओले पाउने अमेरिकी आर्थिक सहायता पनि रोकेको छ । एजेन्सी

यो पनि पढुनुहोस् :-
२५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब फेरी परीक्षण गरिने बताए । अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उनको मात्रै उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक