स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित वीरगंजबाट एक जना पक्राउ

रुपैयाँ

पर्सा, १८ बैशाख । स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित वीरगंज महागरपालिका-१६ रजतजयन्ती चौकबाट एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त स्थानमा अवैध वित्तिय कारोवार(हुण्डी) भइरहेको भन्ने सूचनाका आधारमा रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक