दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल

दिवेश पोखरेल

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको शीर्ष १० मा पुग्न सफल भएका छन् । कोरोना भाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् ।

शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए । यसमा उनले ‘रेगे ट्वीस्ट’ थपेका छन् ।

आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरिएको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।

अर्को हप्ता शीर्ष ७ छनोट गरिनेछ । यसका लागि भोटिङ लाइन खुल्ला गरिएको छ ।

उनलाई भोट गर्न आइडलले ३ ओटा विकल्प अघि सारेको छ । २६ देखि २९ सम्म खुला रहने माध्यमबाट जम्मा ३० भोट मात्रै गर्न पाइनेछ । भोटिङ गर्ने पहिलो तरिका अन्तर्गत आजको लाइभ राउण्डको प्रस्तुतिपछि प्राप्त प्रतियोगीको कोड लेखेर २१५२३ मा पठाउन सकिनेछ । यो माध्यमबाट एकजना बराबर १० भोट दिन सकिनेछ ।

दोस्रो तरिकामा अ‍मेरिकन आइडलको एप तथा एप्पल आईएसओएस एप स्टोर डाउनलोड गरेर त्याहाँ साइन अप गरेर १० भोट गर्न सकिनेछ । त्यस्तै अर्को माध्यम आइडलभोट डट एबीसी डटकम लगइन गरेर दिवेशको कोडमा भोट दिन सकिने छ । यसमा पनि एकजना बराबर १० भोट दिन सकिने छ । अहिले लकडाउनकाबीच अमेरिकामा दिवेशलाइ अमेरिकन आइडल बनाउन उनका परिवार तथा साथीभाईले भोटकाे अपिल गरिरहेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक