नेपालमा थप १३ जनामा कोरोना पुष्टि, सोमबारमात्रै २४ जना कोरोना संक्रमित भेटिए

औषधी

काठमाडौं, २९ बैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोमबारमात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक