ज्ञानेन्द्र शाही फेरी पनि थापाथलीबाट पक्राउ

Gyanendra shahi

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोध गर्दै ज्ञानेन्द्र शाही प्रदर्शन मा उत्रिएका थिए ।उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको जानकारी आएको छ । यस अघि पनि प्रहरीले ज्ञानेन्द्र शाहीलाई ९ वैशाखमा ललितपुर बाट पक्राउ गरेको थियो ।

मंगलबार ललितपुरको सुनाकोठीबाट लकडाउन उल्लंघनको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिएका थिए ।

यसरी पक्राउ परेका शाहीलाइ १६ बैशाखमा सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले रिहा गरेको थियो । तर मंगलबार फेरी भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोध गर्दै सडकमा उत्रिएका शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्