कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि युवाको उपचार शुरु

उपचार

दैलेख, ७ जेठ । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो ।

सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती माविमा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मङ्गलबार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो ।

स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए ।

उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेँटायनमा राखिएको खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।

सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

कोरोना सङ्क्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । आग्राबाट ४९ सदस्यीय टोली गत चैत १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइपुगेको थियो । उनीहरु त्यहाँ करिब ४५ दिन क्वारेन्टिनमा बसेका थिए ।

जेठ १ गते गड्डाचौकी नाकाबाट आठबीस नगरपालिकाका ३९, ठाँटीकाँधका आठ, दुल्लूका एक र चामुण्डाका एकसहित ४९ जनाको टोलीसँगै नेपाल आएका थिए । सबैलाई आफ्ना पालिकाको क्वारेन्टिनमा राखिएको भए पनि ठाँटीकाँध गाउँपालिकाले चार दिनसम्म क्वारेन्टिनमा राखेर पिसीआर जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो । सत्तलाका युवामा सङ्क्रमण देखिनेबित्तिकै पुनःक्वारेन्टिनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

आठबीस नगरपालिकाका स्थानीयवासीले वडा नं १ लाई तत्काल ‘सिल’ गरी आवश्यक कदम चाल्न सुझाव दिएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिले पालना गर्नुपर्ने नियम गर्न नसकेको, राति समूहमा देउडा खेल्ने, दिउँसो विभिन्न खेल खेल्ने गरेको देखिएकाले यसबारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताए। कर्णाली प्रदेश अस्पतालमा लैजाने विषयमा पनि छलफल भएको थियो । बिरामीको अवस्थाका आधारमा मात्र सिफारिस गर्ने कुरा भएपछि अहिले दैलेखको आइसोलेशनमा राखेर उपचार गरिने छ । बिरामीको स्वास्थ्य अवस्था निरन्तर जाँच गरिनेछ । स्वास्थ्य अवस्थाको आधारमा थप उपचारको तय गरिने डा पन्तको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook