२०७७ साउन १७ शनिवार
Aug 01, 2020
त्रायोदशी
विश्व स्तनपान सप्ताह प्रारम्भ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आउनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन् ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। मिहिनेत गर्दा केही राम्रो परिणाम पनि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर कामको अवसर आए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ। नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा उपलब्धिका स्रोत पहिल्याउन सकिनेछ। चुनौती र व्यवधानहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। शुभचिन्तकहरूले पनि राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका आफन्तजनसँग पुन: भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति र अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।