कोरोनाबाटै मृत्यु

नेपालमा कोरोना भाईरसका कारण ७औँ ब्यक्तिको ज्यान गयो

दैलेख, १७ जेठ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्