वडाअध्यक्षको नेतृत्वमा रुकुममा प्रहरी चौकीमा आक्रमण

वडाअध्यक्षको नेतृत्वमा गाउँलेद्धारा प्रहरी चौकीमा आक्रमण

रुकुम, २१ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा वडाअध्यक्षको नेतृत्वमा गाउँलेले आक्रमण गरेका छन् ।

मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकीमा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

मादप पदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि उनीहरु फरार भएका छन् ।

वडाअध्यक्ष केसीसहितको टोलीले मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि सम्झाउन गएको प्रहरीटोलीसँग विवाद भएको थियो । विवादपछि वडाअध्यक्षको नेतृत्वमा गाउँलेहरु जम्मा भएर चौकीमा आक्रमण गरेका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन् । फरार रहेका उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

खाना खाइरहेको समयमा आक्रमणकारीहरुले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

सूरमा आक्रमणकारीहरुले प्रहरीको हतियार समेत खोसेको उनको भनाइ छ । तर पछि प्रहरीले बल प्रयोग गरि हतियार फिर्ता गरेको प्रवक्ता तिम्सनाले बताए ।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्