मृत्यु

क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु, शव कसैले छुन मानेनन्

डडेल्धुरा, २१ जेठ । डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

गए राति शौचालय गएकी महिला बेहोस भएकी र लगत्तै मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षण धनबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार चार दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका १ ले निर्माण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

गएराति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान एक बजे एम्बुलेस पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले नछोएको बताइएको छ । प्रहरी र स्वास्थ्यकर्मी घटनास्थल पुगिसकेको र मृतकलाई छोएका श्रीमान लगायतको स्वाब संकलन गरिने बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्