नायिका रेखा थापा

एउटी १७ बर्षकी किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ?’ : रेखा थापा

काठमाडौं, २१ जेठ । रुकुममा आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको निर्मम हत्याको अनुसन्धान यतिबेला चलिरहेको छ । दलित भएर ठकुरी युवती संग प्रेम गरेकै कारण हत्या भएको बताईएको केसको यतिबेला अनुसन्धान भैरहेको छ । बाँकी नतिजा अनुसन्धान पछी थाह होला । तर यतिबेला सामाजिक संजालमा घटनामा जोडिएकी सुष्मा मल्ललाई लिएर अनेक टिकाटिप्पणी भैरहेका छन् ।

यसैबिच लोकप्रिय नायिका रेखा थापाले रुकुमपश्चिमको घटनाका सन्दर्भमा मुख खोलेकी छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै प्रश्न गरेकी छन्, ‘राज्यसँग लडनु पर्यो नि, एउटी १७ बर्षकी किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ?’

‘रुकुम घटनाका दोषीमाथि कारवाही र पीडितलाई अबिलम्ब न्याय दिइयोस्’, यस्तो लेख्दै नायिका थापाले अगाडि थपेकी छन्, ‘यस घटनामा जोडिएकी सुषमा मल्लको बारेमा जसरी चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, त्यसले फेरि पनि उत्पीडित वर्गमाथि प्रहार भयो भन्ने लाग्छ । एउटा दलितसँग प्रेम गर्ने साहस भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ?’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्