मन्त्रिपरिषद्

लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आज चार बजे बस्ने

काठमाडौं, २२ जेठ । आज चार बजे लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारले कोरोना भइरस रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउनको मोडालिटी परिवर्तन गर्न बैठक बस्ने भएको जनाइएको छ ।

मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुने जनाइएको छ । प्राप्त जानकारी अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन तथा यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनेछ । सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए ।

परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्