corona test

नाकामा स्वास्थ्य परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण

कन्चनपुर, २२ जेठ कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको गौरिफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।

पर्याप्त र गुणस्तरयुक्त स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण भएको उनले बताएका छन् । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उनले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्