एक छात्राले गरिन आत्महत्या

अनलाइन कक्षामा समावेश हुन नपाएका कारण एक छात्राले गरिन आत्महत्या

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको केरलमा १४ वर्षकी एक छात्राले कथित रुपमा आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्ने छात्रा केरलको गभरमेन्ट हायर सेकेन्डरी स्कूलकी छात्रा थिइन् । दलित कोलोनीको आफ्नो घरभन्दा २ सय मिटर पर छात्राले कथित रुपमा आफूमाथि आगो लगाइन् ।

स्कूका एक शिक्षक श्रीकान्त पेरुमपेराविलले भने, ‘उनी ८ कक्षाकी निकै मिहिनेती छात्रा थिइन् । उनलाई ९ कक्षामा प्रोमोट गरिएको थियो । हामीले छात्रा र उनका आमा–बुवालाई अनलाइन क्लासको ट्रायल ७ दिनसम्म चल्ने बताएका थियौं । यसैबीच यस्तो दुर्घटना भयो ।’ छात्राका पिताले अन्य भारतीय मिडियासँगको कुराकानीमा आफू दैनिक ज्यालादारी गर्ने मजदुर भएकोले लकडाउनका कारण आफ्नो टिभी सेट बनाउन नसकेको बताएका छन् ।

यतिमात्रै होइन, यो परिवारका कोही पनि सदस्यसँग स्मार्टफोन छैन तसर्थ अनलाइन कक्षाका लागि समस्या थियो । छात्राका पिताले स्थानीय मिडियासँग भने, ‘अनलाइन कक्षामा सरिक हुन नपाउँदा उनी अत्यधिक चिन्तित थिइन् । मैले उनलाई शिक्षकले केही न केही विकल्प त निकाल्छन् भनेर सम्झाएको थिएँ ।’ केरलमा अनलाइन कक्षा सरकारद्वारा सञ्चालित एजुकेशन च्यानल विक्टर्स च्यानलमा हेर्न सकिन्छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्