मृत्यु

आगलागी हुँदा २ जनाको जलेर मृत्यु

धरान, २२ जेठ । सुनसरीको धरानमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको हो ।

आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगालागिको कारण खुल्न नसके पनि स्थानीयका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको हो ।

बिहान ८ः१५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण्मा आएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्