कोरोना भाइरसको संक्रमण पुष्टि

बिहीबार फेरी ३३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ । नेपालमा बिहीबार ३३४ जना काेराेना संक्रमित थप भएका छन् । यो सँख्या दैनिक तथ्यांकअनुसार अहिलेसम्म कै उच्च संक्रमित सँख्या हाे ।

संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । यस्तै हालसम्म १० जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्