जन्माए शिशु

भारतबाट फर्किएका दुई महिलाले क्वारेन्टाइनमै जन्माए शिशु

डोटी, २३ जेठ । भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किएका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

वडाध्यक्ष राजेन्द्र खड्काले दिएको जानकारी अनुसार यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी गीता आउजीले शिशु जन्माएकी हुन ।

२१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् ।

त्यस्तै शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौंको क्वारेन्टाइनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छन् ।

उनी पनि भारतको मुम्बइबाट जेठ १५ गते श्रीमानसँगै घर फर्किएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्