कोरोना संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्न लाग्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ४ लाख पुगेको छ । अहिलेसम्म ३ लाख ९३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसैगरी संक्रमित हुनेको संख्या पनि ६७ लाख पुग्न लागेको छ । कोरोना भाइरसको संक्रमण र मृत्युको तथ्यांक राखिरहेको वल्डोमिटरका अनुसार संक्रमित हुनेको संख्या ६६ लाख ९७ हजार नाघेको छ ।

सबैभन्दा बढी संक्रमण र मृत्यु हुने देश अमेरिकामा मृतकको संख्या १ लाख १० हजार नाघेको छ भने १९ लाख २४ संक्रमित छन् ।

अमेरिकापछि अधिक संक्रमित रहेको ब्राजिलमा ६ लाख १५ हजारभन्दा बढी पुगेको छ भने त्यहाँ मृतकको संख्या ३४ हजार नाघेको छ । तेस्रोस्थानमा रहेको रुसमा ४ लाख ४१ हजार संक्रमित नाघ्दा मृतक भने ५३ सय कटेको छ ।

त्यस्तै यता बेलायतमा करिब ४० हजार व्यक्तिको मृत्यु भएको छ भने २ लाख ८१ हजारभन्दा बढी संक्रमित छन् । बेलायत मृतकका दृष्टिले अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

इटालीमा ३३ हजार ६ सयको मृत्यु हुँदा २ लाख ३४ हजार संक्रमित छन् । स्पेनमा २७ हजारको मृत्यु हुँदा २ लाख ८७ हजार संक्रमित छन् । यता संक्रमितका दृष्टिले सातौ स्थानमा रहेको भारतमा २ लाख २६ हजार व्यक्ति संक्रमणमा पर्दा त्यहाँ ६ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्