कामी दाइको छोरो

कामी दाइको छोरो टिकटिक तथा युट्युबमा अत्याधिक रुचाइएको गीत

सामाजिक यथार्थता चित्रण गरिएको गीत कामी दाइको छोरो टिक्टक तथा युट्युबमा अत्याधिक रुचाइएको गीत बन्न सफल भएको छ । जातिएको भेदभावको तितो यथार्थ बोलेको गीतको भिडियो पनि उत्तिकै मर्मस्पर्षी बनेको छ ।

गीतको शब्द तथा लय सृजना अनिश दवाडीले गरेका छन भने खेम सेन्चुरीको स्वर भरेका छन । गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन भने खड्का बाजुरालीले रेकर्डिङ तथा मिक्शिङ गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा खेम सेन्चुरी र सृजना रेस्मी मगरको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन । सुरेश श्रेष्ठले छायांकन गरेको गीतलाई बिष्णु शर्माले सम्पादन गरेका हुन । गीतको भिडियो खेम सेन्चुरीको युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

“कामी दाईको छोरो”
“ए साइली”

०१
सानो सानो घरछ मेरो रुद्रपुरको गाउमा
गोरे बाबु भन्दै मलाई बोलाउछन त्यो ठाउमा
नाम देको काम ले देको कामी दाइको छोरो
नलाम माया नखाम कस्स्म मनै मेरो मोरो
साइली म सँग जान्छौ र
मैले छोको खान्छौ र

०२ –
किन यती बुझ्नि भएर अबुझकी बन्छौ
ओइलिएको फुल हुँ मत सिर सजान्छु भन्छौ
धर्ती आकाश भेट भएको देख्या छौर कैले
पुर्बै घामलाई हत्केलाले छेक्या छौर कैले
साइली म सँगै रुन्छौ र
म संगै हास्छौ र

०३ –
अन्धो समाज अन्धो रित फेर्ने होला केरी
भोली हाम्लाई अफ्घारोले घेर्ने होला फेरी
तिम्रो माया मेरो माया हुन सक्छ घाती
रुदै रुदै बाच्नु भन्दा बरु यसै जाती
साइली म संगै जिउछौर
म संगै मर्छौर

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्