डिएगो कोस्टा

डिएगो कोस्टालाई ६ महिना कैद सजाय सुनाइयो

फुटबल क्लब एथ्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टाले १० लाख युरो बराबर कर छली गरेको स्वीकार गरेका छन् । स्पेनिस अधिकारी समक्ष कर छली गरेको उनले स्वीकार गरेका हुन् ।

सन् २०१४ मा चेल्सीसँग अनुबन्ध हुँदा आर्जन गरेको ५० लाख युरोको खुलासा नगरेको कारण उनीमाथि कर छलीको आरोप लागेको थियो । कोस्टालाई बिहीबार ६ महिना कैद सजाय सुनाइएको छ ।

तर, स्पेनको कानुन अनुसार अहिंस्रक अपराधमा पहिलो पटक गल्ती गर्नेले दुई वर्षभन्दा कम सजाय पाएमा जरिवाना तिरेर रिहा हुन सक्छन् । कोस्टाको मुद्दामा अब उनले १० लाख युरोको साथमा थप ५ लाख युरो तिरे जेलमा बस्नु पर्ने छैन । उनको इमेज राइटबारे पनि अनुसन्धान भइरहेको छ । सन् २०१४ को जुलाईमा कोस्टा एथ्लेटिको म्याड्रिड छाडेर चेल्सीसँग अनुबन्ध भएका थिए ।

उनलाई किन्न चेल्सीले ४ करोड डलर खर्च गरेको थियो । चेल्सीमा रहँदा कोस्टाले १२० खेलमा ५९ गोल गर्न सफल भएका थिए । उनी सन् २०१७ मा पुनः एथ्लेटिको फर्किएका थिए । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्