बलिउड फिल्म निर्माता अनिलको कोरोनाका कारण निधन

दुई अस्पातलले भर्ना नलिँदा बलिउड फिल्म निर्माता अनिलको कोरोनाका कारण निधन

कोरोना भाइरसको संक्रमणका कारण बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको ७७ वर्षको उमेरमा निधन भएको छ । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ तारिखमा ज्वरो आएको र त्यसको केही घण्टामा नै स्थिती बिग्रिएको जानकारी दिए । अनिलको बिहिबार राती ७ बजे निधन भएको हो ।

अनिल सुरीको अन्तिम संस्कार भोलिपल्ट शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए ।

भाइले भने, ‘बुधबारदेखि बिग्रियो स्वास्थ्य स्थिती’
राजिवले भने, ‘जून ३ मा अनिल सास फेर्न सकिरहेका थिएनन् । हामीले उनलाई अस्पताल दौडायौं । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राती भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार डाक्टरले केही गडबडी भएको भन्दै उनलाई भेन्टिलेटरमा राख्यो ।

अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण गरेका थिए । संयोग नै मान्नुपर्छ बिहिबार बिहान बलिउड फिल्म निर्माता बासु चटर्जीको मृत्यु भएको थियो र त्यसैदिन बेलुका राजिवका भाइ अनिलको पनि मृत्यु भयो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्