लकडाउन

आइतबारदेखि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं, २४ जेठ । आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको हो ।

मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ । जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुलाउने तयारी भएको बताइएको छ ।

यसअघि प्रधामन्त्री केपी शर्मा ओलिले पनि विज्ञहरूसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा परामर्श गरेका थिए । गत चैत ११ गतेबाट जारी लकडाउनको पछिल्लो पटकको म्याद जेठ ३२ सम्म थपिएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्