अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । उनले यी भ्याक्सिन प्रयोगका लागि तयार भएको बताउँदै वैज्ञानिकले यसको सुरक्षा र प्रभावकारीताबारे विश्लेषण गर्न मात्रै बाँकी भएको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो दाबी गरेका हुन् । यद्यपि, ट्रम्पले कुन कम्पनी र कस्तो खालको भ्याक्सिनको कुरा गरेका हुन् भन्ने खासै जानकारी दिएनन् । उनले ती भ्याक्सिनको प्रयोग कहिलेदेखि सुरु हुन्छ भन्नेबारे निश्चित समयसीमा पनि तोकेका छैनन् ।

पत्रकार सम्मेलनमा उनको यस्तो बयानपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफूले यसबारे टिप्पणी गर्न नसक्ने बताएका छन् । यद्यपि, मंगलबार डाक्टर फाउचीले एक मेडिकल सेमिनारमा अर्को वर्षसम्म भ्याक्सिन तयार गर्ने आशा भने व्यक्त गरेका थिए ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकी प्रशासनले भ्याक्सिन बनाउनका लागि पाँच कम्पनीलाई काममा लगाएको छ । अमेरिकामा थुप्रै कम्पनी वैज्ञानिकको मञ्जुरी अघि नै ठूलो मात्रामा भ्याक्सिन बनाउने होडमा लागेका छन् । यीमध्ये मोडेर्ना, नोवाभ्याक्स र फाइजरजस्ता कम्पनी समावेश छन् ।

डाक्टर फाउचीले मंगलबार पत्रकारलाई यो रेसमा ‘मोडेर्ना’ सबैभन्दा अगाडि देखिएको बताएका छन् । बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्