बिजेपीकी नेता सोनाली

बिजेपीकी नेता सोनालीले एक व्यक्तिलाई चप्पलले कुटिरहेको भिडियो भाईरल

हरियाणा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ, यसमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेको देख्न सकिन्छ । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् ।

उनले हरियाणा विधानसभा चुनावमा आदमपुर सीटबाट कांग्रेस कुलदीप विश्नोईविरुद्ध चुनाव लडेकी थिइन् । यद्यपि, चुनावी मैदानमा उनी विश्नोईसँग पराजित भइन् ।

भिडियोमा सोनालीको पिटाई खाने व्यक्ति हिसार मार्केट कमिटीका सचिव हुन् । सोनाली किसानका केही समस्या लिएर उनलाई भेट्न गएकी थिइन् । कुराकानीको क्रममा सोनाली र ती व्यक्तिबीच बहस भयो त्यसपछि उनले चप्पलले कुट्न थालिन् ।

सोनाली फोगाट विधानसभा चुनावताका पनि चर्चामा आएकी थिइन् । त्यस समयमा पनि उनी थुप्रै विषयमा विवादित बनेकी थिइन् । ती व्यक्तिले आफूले अह्राएजति सबै काम गरिरहेको भनेर सोनालीलाई बताएको पनि भिडियोमा सुन्न सकिन्छ । आफूमाथि दुर्व्यवहारपूर्ण तरिकाले बोलेको भन्दै सोनालीले रिस पोखेको भिडियोमा देख्न सकिन्छ ।

यसैबीच, त्यहाँ एक प्रहरी अधिकारी पनि उभिएको देख्न सकिन्छ जसले सोनालीलाई एकपटक पनि रोक्ने कोसिस गरेका छैनन् । भारतीय सञ्चारमाध्यम हिस्दुस्तान टाइम्सले युट्युबमा उक्त भिडियो अपलोड गरेको छ ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भिडियो ट्विट गर्दै मनोहर लाल खट्टर सरकारमाथि आरोप लगाएका छन् । उनले सोधेका छन्, ‘के हरियाणाका कर्मचारी बिजेपी नेतामार्फत् अपमानित हुन र थप्पड–चप्पल खानका लागि हुन् ? के हरियाणाका कर्मचारी भाजपाका नोकर हुन् ? के कर्मचारी जनावर हुन् ? कारवाही कहिले गर्नेछौ ?’ एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्