मृत्यु

क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

बाजुरा, २४ जेठ । बाजुराको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएका थिए ।

उनी दमको बिरामी रहेको बताइएको छ । उनको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ । उनको रिपोर्ट आएपछि मात्र कोरोना संक्रमण भए–नभएको थाहा हुने बताइएको छ ।

रिपोर्ट आएपछी मात्र शवको व्यवस्थापन गरिने बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्