झडप

वडाअध्यक्षको नेतृत्वमा आएको टोलीद्धारा स्थानीयमाथि हातपात

कैलाली, २४ जेठ । भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ ।

मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टाइनमा राख्न आग्रह गर्दा वडा कार्यालयले उनीहरुको व्यवस्थापन गर्न नमानेपछि विवाद भएको स्थानीयले बताएका छन् ।

विवाद बढ्दै जाँदा शनिबार बिहान कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरबहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेका हुन् ।

वडाअध्यक्ष शाहको नेतृत्वमा आएको टोलीले चारजना स्थानीयमाथि हातपात गरेको आरोप लागेको छ । वडाअध्यक्षका छोराले समेत हातपात गरेको स्थानीयले बताएका छन् ।

वडाअध्यक्ष शाहले भने हातपात भएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘वडा कार्यालय अगाडि फोहोर गरेको गुनासो आएपछि मैले सम्झाएको थिएँ,’ वडा अध्यक्ष शाहले भने, ‘आक्रमण कस्ले र किन गर्‍यो भन्ने विषयमा मलाई जानकारी छैन ।’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले स्थानीयमाथि आक्रमण भएको गुनासोपछि वडा अध्यक्षका छोरा सुजन शाहलाई पक्राउ गरिएको जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्