नेपालमा कोरोना संक्रमणका कारण थप दुइ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण थप दुइ जनाको मृत्यु

काठमाडौं, २४ जेठ। नेपालमा कोरोना संक्रमणका कारण थप दुइ जनाको मृत्यु भएको छ । डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन। उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए।

डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए। मृत्यु भइसकेपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो। त्यसैगरी,५५ वर्षीया महिलामा मिर्गौलाको समस्या देखिएको थियो।

उनको पनि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। यससंगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्