विश्वभर कोरोना संक्रमितको संख्या

आइतबार गण्डकी प्रदेशमा पुन: ३८ जना कोरोना संक्रमित

पोखरा, २५ जेठ। नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन। यसैबिच आइतबार गण्डकी प्रदेशमा पुन: ३८ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्य स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको पनि निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । र आइतबार कोरोना पुष्टि भएका नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्