हवाई फायर

सशस्त्र प्रहरीले गोली चलाए, ६ जना सशस्त्र प्रहरी घाइते

नवलपरासी, २५ जेठ । पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्नेमाथि सवारी चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच विवाद भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो ।

लकडाउनको समयमा भारत आवतजावत गर्न नपाइने भन्दै सशस्त्रले सीममा रोक्न खोजेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । आक्रमणबाट चेक पोष्टमा रहेका ६ जना सशस्त्र प्रहरी घाइतेसमेत भएका छन् ।

घटनामा घाइतेका भएका ६ मध्ये २ जनाको आँखामा गम्भीर चोट लागेको बताइएको छ । आँखामा गुलेलीको ढुङ्गा लागेर गम्भीर घाइते भएका जवान गणेश ज्ञवाली र कमल रावललाई थप उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा लगिएको छ ।

बाँकी घाइतेको भने जिल्ला अस्पताल परासी उपचार भइरहेको छ । भिड नियन्त्रण गर्न सशस्त्र प्रहरीले ४ राउण्ड गोली चलाएको थियो । घटना स्थलमा सशस्त्र प्रहरीको डिएसपीको टोली खटाएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्