कोरोरा विरुद्धको खोप

आपत्तकालिक प्रयोगका लागि कोभिड–१९ को खोप शरद ऋतुमा उपलब्ध हुने

आपत्तकालिक प्रयोगका लागि कोभिड–१९ को खोप चाँडोमा यो वर्षको शरद ऋतु र ढिलोमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने चीनका शीर्ष संक्रामक रोग विशेषज्ञ झोङ नान्सानले शनिबार बताएका छन् । हाल चीनमा कोभिड–१९ का सम्भावित ६ वटा छोपहरु क्लिनिकल परीक्षणमा रहेको उनको भनाइ छ ।

कोरोनाभाइरसविरुद्ध मानिसलाई प्रतिरोधी बनाउन खोप नै उपयुक्त उपाय भएको र यो रणनीति अझै एक या दुई वर्ष टाढा रहेको विज्ञहरु बताउँछन् । यदी हामीले प्रकृतिक संक्रमणको माध्यमबाट मानिसहरुलाई प्रतिरोधी बनाउने हो भने विश्वको कूल जनसंख्याको ७ प्रतिशतले ज्यान गुमाउने झोङ बताउँछन् । ‘यसको मूल्य निकै ठूलो छ,’ उनी भन्छन् ।

यसअघि चिनियाँ अधिकारीहरुले पाँच वटा खोपहरु क्लिनिकल ट्रायलको चरणमा प्रवेश गरिसकेको बताएका थिए । जुन २ मा विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको तथ्यांकमा चिनियाँ कम्पनी फोसुन, जर्मनीको बायोएनटेक र अमेरिकी पीफाइजरले संयुक्त रुपमा निर्माण गरेको खोप पनि क्लिनिकल परीक्षणको चरणमा प्रवेश गरेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्