कोरोनाबाटै मृत्यु

कोरोना संक्रमणका कारण स्याङजामा थप एक जनाको मृत्यु

काठमाडौं, २६ जेठ । कोरोना संक्रमणका कारण स्याङजामा थप एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गत जेठ २३ गते अस्पतालमा भर्ना भएका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थिए। उनको आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। ती संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए ।

नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखिएको थियो। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। योसँगै नेपालमा कोरोना (कोभिड १९) बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्