भवन

चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास

तनहुुँ, २६ जेठ । व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ । ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनै तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरेका छन् ।

गण्डकी प्रदेश सरकारद्वारा १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजिक रहेको करिब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो । वडाभित्र बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करिब दुई किलोमिटर हिँडेर दमौली बजारनजिक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए ।

यसैबीच, सोही वडास्थित धुपखोला नजीक करिब दुई लाखको लागतमा किरियापुत्री भवन निर्माण थालिएको छ । वडाले विनियोजन गरेको बजेट तथा स्थानीवासीको जनश्रमदान गरी भवन बनाउन लागिएको हो । समयावधिभित्रै भवन सम्पन्न गर्ने गरी काम भइरहेको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्