मृत्‍यु

काेराेना रिपाेट नेगेटिभ द‍ेखिएकाे भनेर घर पठाइएका एक व्यक्तिको मुत्यु

जनकपुर, २५ जेठ । जनकपुरमा काेराेना रिपाेट नेगेटिभ द‍ेखिएकाे भनेर घर पठाइएका एक व्यक्तिको मुत्यु भएकाे छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे । ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए ।

उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्