ह'त्या

सामूहिक हत्या गरिएका रुपन्देहीका पाँच जनाकै परिचय खुल्यो

रुपन्देही, २७ जेठ । सामूहिक हत्या गरिएका रुपन्देहीका पाँच जनाकै परिचय खुलेको छ ।

प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकका अनुसार हत्या गरिएकाहरुमा रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर छिन् । त्यस्तै, रुपन्देहीको तिलोत्तमा-१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष चौधरी र ठेगाना नखुलेका एक १४ वर्षीय पोखराज मुसहर रहेका छन ।

मारिनेहरु तिलोत्तमा नगरपालिका- १० कान्छिबजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशुफार्ममा कार्यरत थिए । हत्यामा संलग्न भएको अरोपमा सुर्खेत घर भई सोही फार्ममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली पक्राउ परेका छन् । ती युवकलाई उक्त फार्मभन्दा केही पर नशामा लठ्ठिएर बसेको अवस्थामा फेला पारिएको थियो ।

हत्या आरोपमा पक्राउ परेका व्यक्ति समेत नसामा लठ्ठिएको अवस्थामा फेला परेकाले उनले नशालु पदार्थ खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनास्थलमा नशालु पदार्थ र र बियरका बोतल समेत भेटिएका छन् ।

घटनाको थप अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय नेपालगञ्जबाट एसएसपी राजकुमार वैदवारको टोली घटनास्थलतर्फ गइसकेको जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “सामूहिक हत्या गरिएका रुपन्देहीका पाँच जनाकै परिचय खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्