मृत्यु

मृत्यु भएकी सुत्केरी महिलाको रिपोर्ट ३६ घण्टा बित्दा पनि आएन

काठमाडौं, २७ जेठ । भक्तपुर अस्पतालमा गत २५ गते मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परीक्षणको रिपोर्ट ३६ घण्टा बित्दा पनि आउन सकेको छैन । सिन्धुपाल्चोक घर भइ चागुनारायण नगरपालिकाको झौखेल बस्ने ३६ वर्षीया सन्तमाया लामाको नर्मल डेलिभरी भएको थियो ।

अस्पतालका अनुसार भर्ना हुँदा नै महिलामा खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातिमा खराबी देखिएको थियो । डेलिभरी पश्चात एक्कासी श्वास फेर्न समस्या देखिएको थियो भने शरीरमा अक्सिजनको मात्रा घटेको थियो । डाक्टरको प्रयासका बावजुद उनको राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको थियो ।

उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । अहिले सम्मा पनि रिपोर्ट नआउँदा मृत्तकको शव व्यवस्थापनमा समस्या भएको छ ।

उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुलाई सोही वार्डमा नै आइसोलेनमा राखिएको अस्पतालले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेको छ भने आफन्तको समेत स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला पठाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “मृत्यु भएकी सुत्केरी महिलाको रिपोर्ट ३६ घण्टा बित्दा पनि आएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्