आगलागी

बर्दियामा आक्रोशित भिडले सप्लार्यसमा गरे आगजनी

बर्दिया, २७ जेठ । आफन्तले ज्यान गुमाएपछी उचित क्षतिपुर्ति नपाएको भन्दै आक्रोशित भिडले बर्दियाको राजापुर ६ टपरामा रहेको न्यू वर्षा सप्लार्यसमा आगजनी गरेको छ ।

गत वैशाख ३० गते भे१च ३४३१ नम्बरको डेलीभरी भ्यान र से५च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षका सोमनाथ थारुको ज्यान गएको थियो ।

आफुहरुको मागको उचित सम्बोधन नभएको भन्दै दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले आगजनी गरेका हुन् । आगलागीबाट ८६ लाख ६० हजार ५ सय बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी मिन बहादुर घलेले जानकारी दिए । भ्यान चालक हिमाल गौतमलाई अहिले जिल्ला अदालतले १ लाख २० हजार धरौटीमा तारेखमा छोडेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्