lockdown

लकडाउन खुकुलो बनाउने गृहकार्य सुरु

काठमाडौँ, २७ जेठ। असार १ गतेबाट कोरोना संक्रमणको जोखिम बढ्न नदिने गरी लकडाउन खुकुलो बनाउने गृहकार्य सुरु भएको छ । स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर बिस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ ।

असार १ बाट लागू हुने गरी लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारिएको र सो प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरूले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउने तयारीमा सुरुमा तीन चरणको मोडालिटी अघि सारिए पनि कस्तो प्रावधान लागु गर्ने भन्ने निर्णय हुन भने बाँकी नै छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेष गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरू र विभिन्न मन्त्रीहरूबिच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो ।

छलफलका आधारमा लाकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्