क्वारेन्टिनबाट फरार

क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार

महोत्तरी, २७ जेठ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरी चौकीलाई दिइसकिएको भएपनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्