राजेश हमाल

नेपाली फिल्मका सुपरस्टार राजेश हमालको जन्मदिन: कती बर्ष पुगे त राजेश हमाल?

नेपाली फिल्मका सुपरस्टार राजेश हमाल आज (मंगलवार) बाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् ।

स्व.दीपक रायमाझीद्धारा निर्देशित ‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय करियर सुरु गरेका हमाल नेपाली फिल्म क्षेत्रका सफल अभिनेतामा पर्दछन् । बसन्ती, देउता, अल्लारे, धर्मा, हामी तीनभाई, गोरेटो, दुलहीलगायत करिव तीन सय फिल्ममा राजेशले अभिनय गरेका छन् ।

धेरै निर्मातालाई धनी बनाएका उनका एकाधबाहेक कुनै फिल्म समीक्षकको नजरमा उत्कृष्ट ठहरिन सकेनन् । करिअरको उत्कर्षमा रहँदा संख्यात्मक अभिनयमा जोड दिएका हमाललाई आफू अभिनीत ‘बसन्ती’ र ‘देवता’ फिल्म मनपर्छ ।

काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाहा गरेका उनलाई नेपाली फिल्ममा ‘बौद्धिक नायक’ को रुपमा पनि चिन्ने गरिन्छ । आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका अभिनेता हमालले कक्षा ८ सम्मको शिक्षा काठमाडौंमा रहेको सेन्ट जेभियर स्कूलबाट गरेका थिए ।

सन् २०१४ मा मधु भट्टराइसँग प्रेम विवाह गरेका हमाल पछिल्लो समय फिल्म अभिनय भन्दा बढी समाजसेवा, म्युजिक भिडिया र स्टेज कार्यक्रममा देखिने गर्दछन् । केही पहिले चलचित्र विकाश बोर्डको अध्यक्ष दौडमा उनको नाम पनि अगाडि आएको थियो । तर बोर्ड अध्यक्षको आवेदन भने उनले भरेनन् ।

उनको रिल लाइफसँगै लभ लाइफ पनि निकै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । विवाह गर्न ढिलाई गर्दा कहिले विवाह गर्ने भन्ने प्रश्नले दिकदार भएका हमाल केही वर्षयता पिता कहिले बन्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् ।

उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनी फिल्म छनोट गर्न हतारिएका छैनन् । अफर आएका फिल्महरु नकारेर बसेका हमाल अब संख्या बढाउन फिल्म नगर्ने सोचमा छन् । उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि लामो समयदेखि चलिरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्