कोरोना भाइरस

सर्पले टोकेर उपचार गराइरहेका बिरामीलाई कोरोना पुष्टि भएपछि चिकित्सक आतंकित

सुर्खेत, २८ जेठ । सर्पले टोकेर उपचार गराइरहेका बिरामीलाई कोरोना पुष्टि भएपछि सुर्खेतको प्रदेश अस्पतालमा कार्यरत चिकित्सक आतंकित बनेका छन् । अस्पतालको इमरजेन्सी कक्षमा उपचार गराइ रहेका बराहताल गाउँपालिका–४ का ५० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा बसेका पुरुषलाई सर्पले टोकेपछि थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । क्वारेन्टाइनबाट ल्याएको भन्ने थाहा नहुँदा आवश्यक व्यक्तिगत सुरक्षा सामग्री बेगर उनको उपचार गरीएको थियो । उपचारमा २ जना डाक्टर सहित ५ जना स्वास्थ्यकर्मी प्रत्यक्ष संलग्न रहेको अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले बताए ।

क्वारेन्टाइनबाट ल्याएको थाहापाएपछि पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । अहिले उपचारमा संलग्न २ चिकित्सक सहित ५ जना स्वास्थ्यर्कीलाई अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्