कोरोना

२७९ कोरोना भाइरसका संक्रमित थपिए, कुल संक्रमितकाे संख्या ४ हजार ३६४ पुग्यो

काठमाडौं, २८ जेठ । बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ५७ जना पुरुष र २२ जना महिला गरी २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।

जसमध्ये ६ सय ७४ जना निकाे भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् । याे सँगै नेपालका काेरोना संक्रमितकाे संख्या ४ हजार ३६४ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्