गोरखा

कोरोना पोजेटिभ देखिएका दुई जनालाई गाउँघर परिक्रमा गराएपछि…

गोरखा, २९ जेठ । कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर मंगलबार घर पठाएको थियो ।

घर पुगेपछि उनीहरुलाई भेट्न गाउँलेहरु उनको घर पुगे, उनीहरु आफन्त साथी भाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ देखिएपछि गाउँलेहरु ससंकित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखा नेपाल सरकार मातहतकै कार्यालय भएपनि यसका कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँ गाउँ पुग्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कोरोना भाइरस संक्रमितहरुले गाउँ परिभ्रमण गरेपछि भीमसेन थापा गाउँपालिका वडा नंं १ र ५ का नागरिकहरुमा आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै चिन्तित भएका छन्।

संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागि जिम्मेवार बन्न भने सकेका छैनन् । जिल्लामा यस अघि १० जना आइसोलेसनमा रही उपचार गराईरहेका छन् । थप संक्रमित चार जना मध्ये गाउँ घुम्ने २ जनालाई पनि गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्