कोरोना संक्रमित

मणिपाल अस्पतालमा उपचारका लागि आएका युवामा कोरोना संक्रमण

पोखरा, ३० जेठ । सडक दुर्घटनामा परी जेठ २२ गते पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री नदेखिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको मणिपालको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

संक्रमित विरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसमा लगिसकिएको छ । पर्वतका ती युवामा संक्रमण पर्वतमा नै देखियो वा अस्पतालमा देखियो भन्नेबारे भने अनुसन्धान भईरहेको पर्वत जिल्ला प्रशासनले बताएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्